निम्बसले फ्रन्टलाइनरलाई प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

निम्बसले फ्रन्टलाइनरलाई प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

निम्बसले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । 

कम्पनीले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको जनाएको हो । यस महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले प्रो टेकका मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने जनाएको छ ।

निम्बसले अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रो टेकका मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवामार्फत सम्बन्धित स्थानमा पु¥याउने जनाएको छ ।  more..

Source: https://ratopati.com