निम्बसले अत्यावश्यक ठाउँमा प्रो-टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने

निम्बसले अत्यावश्यक ठाउँमा प्रो-टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने

निम्बसले कोभिड महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिने सबैलाई प्रो टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने भएको छ ।

अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर कम्पनीले मास्क र स्यानिटाइजर बाँडेको छ ।

निम्बसले सहिद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा सञ्चालित संगठन, हर्टबिटलाई मास्क वितरण गरिसकेको जनाएको छ ।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले महामारीविरुद्ध लड्ने सबैप्रति कृतज्ञ रहेको बताए । “विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ ।

source: news24nepal.com