निम्बसले अत्यावश्यक ठाउँमा प्रो-टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने

निम्बसले अत्यावश्यक ठाउँमा प्रो-टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने

निम्बसले महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई ‘प्रो-टेक’को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ।

कम्पनीले सबैभन्दा आवश्यक रहेको ठाउँहरु अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर ‘प्रो–टेक’को मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ। यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा (लिंक) मार्फत सम्बन्धित स्थानमा पु¥याउने जनाएको छ

निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, हटैबिटलाई मास्क वितरण गरिसकेको छ।

‘हालको परिस्थिति नेपाल सहित संसार भरि नै अत्यन्त नाजुक रहेको हुनाले तुरुन्तै यसको हलका निम्ति काम गर्नु आवश्यक रहेको छ। विगतमा राष्ट्रलाई आवश्यक परेको बेलामा निम्बस अघि बढेको थियो। यो आवश्यकता अहिले झनै महत्वपूर्ण भएको छ । यो कम्पनी फेरि कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको छ’ कम्पनीले भनेको छ।

अहिलेको कठिन समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्दछ र कोभिड–१९ ले लिएर आएको सङ्कटलाई सामना गर्न मद्दत गर्दछ। more..