निम्बसले Pro-Tect को मास्क र स्यानिटाइजर उपलब्ध गराउने, आवश्यक परेमा यसरी सम्पर्क गर्न सकिने

निम्बसले Pro-Tect को मास्क र स्यानिटाइजर उपलब्ध गराउने, आवश्यक परेमा यसरी सम्पर्क गर्न सकिने

निम्बसले कोरोना महामारी न्यूनिकरणका लागि Pro-Tect को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

सबैको सुरक्षाका निम्ति यस महामारीविरुद्ध लड्ने सङ्गठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरूका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको हो । 

कोभिड १९ को दोस्रो लहर विरुद्ध लड्नका लागि निम्बसले महामारीसँग जुधिरहेको अवस्थामा सङ्कटको सामना गर्न सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गरेको हो । 

निम्बसले कोरोनाको सबैभन्दा जोखिम रहेको ठाउँहरू अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले Pro-Tect को मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । 

यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा www.nimbusbazar.comमार्फत सम्बन्धित स्थानमा पु-याउने छ । 

निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, Heartbeat लाई मास्क वितरण गरिसकेको छ ।

निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरिया, भन्छन्, “हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।”

Pro-Tect निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो जसले उच्च गुणस्तरको Anti-microbial KN95 मास्क, 3ply मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत ethanol रहेको स्यानिटाइजर उत्पादन गर्दछ । 

आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले Pro-Tect मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि www.nimbusbazar.com मा गएर Donate Pro-Tect Pro-Tect बटन थिच्न अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सर्न निम्बसले आग्रह गरेको छ । 

Source: https://arthadabali.com