निम्बसद्वारा मास्क र स्यानिटाइजर सहयोग

निम्बसद्वारा मास्क र स्यानिटाइजर सहयोग

निम्बसले कोभिड महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिने सबैलाई प्रो टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने भएको छ ।

अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर कम्पनीले मास्क र स्यानिटाइजर बाँडेको छ ।

निम्बसले सहिद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा सञ्चालित संगठन, हर्टबिटलाई मास्क वितरण गरिसकेको जनाएको छ ।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले महामारीविरुद्ध लड्ने सबैप्रति कृतज्ञ रहेको बताए । “विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ,” उनले भने ।

प्रो टेक निम्बसको स्वास्थ्य र सरसफाइ ब्रान्ड हो, जसले उच्च गुणस्तरको अन्टी माइक्रोबायल केएन९५ मास्क, थ्री प्लाइ मास्क र विश्व स्वास्थ्य संगठनको मापदण्डानुसारको ७६ प्रतिशत इथोनल रहेको स्यानिटाइजर उत्पादन गर्दै आएको जनाएको छ ।

Source: https://baahrakhari.com