निम्बसद्धारा मास्क र स्यानिटाइजर प्रदान

निम्बसद्धारा मास्क र स्यानिटाइजर प्रदान

काठमाडौं । निम्बसले महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिने सबैलाई निम्बसले प्रोटेक्टको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । कम्पनीले सबैभन्दा आवश्यक रहेको ठाउँ, अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर प्रोटेक्टको मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको जनाएको छ ।

कम्पनीले अहिले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन हार्टबिटलाई मास्क वितरण गरिसकेको छ । आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले प्रोटेक्ट मास्क र स्यानिटाइजरका लागि निवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

Source: https://www.souryaonline.com